logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा स्कुल व्याग वितरण


  • जन आकाश
  • आइतबार, मंसिर १७ २०८०

काठमाडौं । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम्सिमेन्ट्स लि. ले हेटौंडा–१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्व प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ ।



शिवम् सिमेन्ट्स लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल व्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रबृत्तीहरु स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठन गर्न थप हौसला मिलोस भन्ने अभिप्रायले स्कुल व्यागहरु वितरण गरेका छौं” कम्पनी प्रतिनिधी बताँउछन ।

शिवम सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तीको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, Isolation Bed निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सीजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिब, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ ।

Quality को मामलामा  No Compromise  भन्दै गुणस्तरीय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम्सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने NS Quality Award-2019 बाट पुरस्कृत हुन सफल भएको छ ।

OPC Cement मात्र उत्पादन गर्दै आएको शिवम्सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो । “भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा Quality को मामलामा ल्य No Compromise, जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम्सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend