logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु क्यापिटलका हितग्राही ग्राहकका लागि मेरिना ईम्पेक्स एन्ड टेलरिब सेन्टरमा विशेष छुट


  • जन आकाश
  • शुक्रबार, मंसिर २२ २०८०

काठमाडौं ।  प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिब सेन्टरका बीचमा समझौता भएको छ ।



यहि मिति १७ मब्सिर २०८० का दिन भएकोउक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिब सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेकाछन् ।  यस सम्झौता अनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुल मेरिना ईम्पेक्स एन्ड टेलरिब सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने भएका छन् ।

यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण (Demat Confirmation)  तथा आफनो्आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा ईम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ । यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी २ बर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् ।

यसले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ । प्रभु क्यापिटल र मेरिना ईन्पेक्स एन्ड टेलरिब सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई शर्टिब तथा सुटिब तथा टेलरिब सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। “प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छूट तथा अफर सुबिधा दिन समेत कम्पनी सधै अग्रसर रहेकोछ” भनी प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत   आशिष गौचनले बताए ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्नुका साथै आफ्ना Product हरु संगै गाँसी सामाजिक उत्तरदायित्व कार्य समेत वहन गर्दै आईरहेको छ ।

मेरिना ईन्पेक्सलेसन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सूट र शूर्टिंग टेलरिब हो । मेरिना इम्पेक्सले ग्राहकलाई सूट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछन् । . to Complete your personality भन्ने लक्ष्य राखेको मेरिना ईम्पेक्सले स्तरीय कपडा र उच्चतम गुणस्तरीय सेवा दिनका साथै ग्राहकको व्यक्तित्व सुहाँउदो कपडा सिलाउनलाई सुझाव समेत दिने गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend