logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालय एअरलाइन्सद्वारा काठमाडौं चोङकिङ काठमाडौं उडान सेवा सुचारु


  • जन आकाश
  • मंगलबार, मंसिर २६ २०८०

काठमाडौँ ।  नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्  डिसेम्बर १२,२०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ ।



यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।  यस काठमाडौँ– चोङकिङ– काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ ।

दुई सहरकाबीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक,विशिष्ट विविधपाक–कला एवम् उच्च प्रविधि विकास युक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरू माझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ ।

पहिलो आउटबाउन्ड उडान, H9787,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५०बजे अवतरण गर्ने छ ।

यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहने छ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिसरहेको थियो । चोङकिङबाट त्यहाँको स्थानीय समय अनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्ने छ र काठमाडौँमा साँझको६ः३५ माअवतरण हुने छ ।

डिसेम्बर १२ पश्चात एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालनगर्दै आएको छ ।

यस रुटको पुनः सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहना अनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एअरलाइन्स्को प्रतिबद्धतालाई अझ बढी प्रष्ट्याएको छ ।

आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै हिमालय एयरलाइन्स्ले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्य राख्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पु¥याउने अपेक्षा गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend