logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

“मुक्तिनाथ कृषि कम्पनी” नेप्सेमा सुचिकृत


  • जन आकाश
  • बिहिबार, मंसिर २८ २०८०

काठमाडौ । मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा अग्रणी भूमिका पूरा गर्ने गरी स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी आज मिति २०८० साल मंसिर २८ गते विहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन लागेको कम्पनीले जानकारी दिएको छ ।



कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ । स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरी सकेको उल्ल्ेख छ ।

कषि उत्पादन बृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको हो ।

यो कम्पनीलाई निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा ल्याउन योगदान र सहयोग गर्नु भएका कम्पनी व्यवस्थापन समूह, नियमक निकायहरु, कम्पनी रजिष्ट्रारको कार्यालय, धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । भनि कम्पनीले बिज्ञप्तिमार्फत सवैलाई धन्यवाद दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend