logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, योजनामा बिजेता हुनेहरुको नाम घोषणा


  • जन आकाश
  • आइतबार, पुष १ २०८०

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत मेगा बम्पर उपहार “आफुले पठाएको भन्दा १० गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ ।



र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफुले पठाएको रकम रू ५३,०७५ (अक्षरूपी त्रीपन्न हजार पचहत्तर) को १० गुणा गरेर रू ५,३०,७५० (अक्षरूपी पाच लाख तीस हजार सात सय पचास) जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भईसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend