logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

देशका विभिन्न शहरहरुमा शिवम् सिमेन्टको “शिवम् सन्देश”


  • जन आकाश
  • शुक्रबार, पुष ६ २०८०

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको थियो ।



“शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतना मुलक भिडियो सन्देशहरूको संग्रह हो । शिवम्ले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको छ ।

इटहरीबाट सुरु गरेको उक्तप्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौडा, विरगञ्ज लगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्डप्रदर्शनी, पर्चा वितरण,QR Scan तथा अन्यक्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो ।

जहा शिवम सन्देशकाबारेमा बुझ्न चाहनेहरुको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो । देशका विभिन्न शहरहरुमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरु अपनाउदै आईरहेको छ ।

यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामाविचार पु¥याउने आदि जस्ता थुप्रै अतिउपयोगी जानकारीहरू समेटिएको शिवम् सन्देशले “भरोसा अटुट सम्बन्धको”भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ ।

भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जन बोलीमा दिइएका सल्लाह र सुझावहरू “शिवम् सन्देश”मा समेटिएका छन् ।

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ । सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend