जन आकाश
काठडमाडौं । लक्ष्मी क्यापिटलकोष प्रवर्द्धकरहेको लक्ष्मी सस्टेनेबल एनर्जी (LSEF) ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहल प्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागी इजाजत पत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । (LSEF ) लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो ।
LSEF कोषको आकार रु १ अर्वको रहेको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृति प्राप्त गरी लगानी शुरू गर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जा लगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ ।
साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वाखोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ । जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, लक्ष्मी क्यापिटल Operating Principles for Impact Management (Impact Principles)sf] Ps Signatory समेत हो ।
जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पु¥याउँछ । Impact Principlessf को पहिलो सचिवालयInternational Finance Corporation (IFC) अन्तर्गत रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend