जन आकाश
काठमाडौं । राजा वीरेन्द्रको आवश्यकत र अपिहार्यता झनै खड्किदै गएको सरोकारवालाहरुले बताएका छन् ।
स्वर्गीय राजावीरेन्द्र शान्ति प्रतिष्ठानले आयोजना गरेको राजाबीरेन्द्रको ७९औं जन्म जयन्तिको अवसरमा ललितपुरको जावलाखेल स्थित शालिकमा माल्र्यापणसहित दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सञ्चार उद्यमी उज्जल जंङ्गपराक्र मशाहले विश्वशान्तिका दुत एवं विकास र जनता पे्रमी राजावीरेन्द्रको आवश्यकता र अपिहार्यता आज झनै खड्किदै गएको बताए ।
राजावीरेन्द्र आज पनि अधिकांश नेपालीको हृदयमा उत्तिकै सम्मानित र स्मरणीय रहको बताउँदै उहाँले राष्ट्र प्रेमी राजावीरेन्द्रको वंश नास गर्ने हत्यारालाई कारवाही गर्न‘ पर्ने बताए । देश भ्रष्टाचारले जजर हुँदै गएको हुँदा राजा वीरेन्द्रको गरेको विकास, विश्वशान्तिको लागि गरेको त्यागको अनुशरण गर्नु पर्ने बताए । आज जनताले धैरे सास्ती व्यहोर्नु परेको छ ।
जनतालाई काढा घोच्नु भनेको मलाई घोच्नु हो भन्ने, जनतालाई परेको समस्या आफ्नै हो भनि बुझ्ने राजवीरेन्द्र भएको हुँदा आज उहाँका अपिहार्यत र आवश्यकता झनै खड्किएका छ । ‘प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिकादुत राजावीरेन्द्रलाई स्मरण गर्दै गर्दा उहाँको हत्यारलाई पत्ता नलाग्नु दुःखद् कुरो हो ।’
स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले विश्व शान्ति क्षेत्र घोषणको लागि त्याग गर्ने नेता राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्तिको लागि गरेका योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई हामी कहिल्यै भुल्न नसकिने बताए ।
प्रतिष्ठानका सचिव रञ्जित धमलाले राजावीरेन्द्रको देश र जनताप्रति गरेको त्यागको उच्च मुल्यांकन गर्दै उहाँको शान्ति र विकासको गरेका कामको अनुशरण गर्नुपर्ने बताए । राजाबीरेन्द्र र राजसंस्थालाई गलत देख्ने राजनीतिक दल÷नेता तथा व्यक्तिहरु भ्रष्ट छन् भन्ने कुरा त प्रष्टै छ र प्रमाणित भइसकेका बताए । जनताको लागि होइन आफ्नै परिवार र दलगत स्वार्थमा लिप्तभएको टिप्पणी गरे ।
स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्म सेटिङ्ग गरेर देशमा ब्रह्मलुट गरेका छन् । छिटो भन्दा छिटो हत्यारा पत्तालगाई सत्य तथ्ययथार्थ नेपाली जनता समक्ष ल्याउन प्रतिष्ठान राज्यसँग माग गर्दछ । राजावीरेन्द्रको जीवनी पठ्यक्रममा राख्नु पर्नेमा उहाँको जोड छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend