जन आकाश
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ । बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्दछ ।
नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । महामहीम राजदूत रब फेनले भने, बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहिरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।
त्यसैगरि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्यले भन्नुभयो, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ ।
दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।” बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो ।
त्यस उप्रान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend