logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष २७ २०८०

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले मिति २०८० पौष २५ गतेबुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९.८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०.८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।



क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामा आ.व. २०७९.८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारे ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य -Depository Participant  ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी समेत गराएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहक मैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend