logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष २९ २०८०

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लि.की अध्यक्ष  शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य  कार्यक्रमका बीच सम्पन्न भएको छ ।



सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए.निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend