logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बीवाईडीकोे नयाँ शोरुम ललितपुरमा


  • जन आकाश
  • शुक्रबार, माघ ५ २०८०

काठमाडौं । विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी बीवाईडीले गर्वका साथ ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।



यस शोरुम उद्घाटनले बीवाईडीको विस्तार रणनीतिमा एक महत्वपूर्ण कोसेढुङ्गाको कार्य गरेको छ, जसले विद्युतीय सवारी साधन प्रविधिमा भएको नवीनतम प्रगति र दिगो यातायातको लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।

सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले वान स्टप सोलुसन’ प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सिबका साथै फास्ट चार्जिब स्टेसन समेत उपलब्ध हुनेछ । यसले बीवाईडीको पहुँचयोग्य र दक्ष चार्जिब पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतालाई समेत प्रमाणित गर्छ । बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पलुचोक  (जनवरी १७) उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गर्नुभयो । उक्त अत्याधुनिक शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन्र ग्राहकले त्यहाँ ती सवारी साधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्ने छन् ।

विश्वको नम्बर १ न्यु इनर्जी भेइकल सेल्स च्याम्पियनको रुपमा बीवाईडीले अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न नेतृत्व गरिरहेको छ । ललितपुरमा उद्घाटन गरिएको नयाँ शोरुमले पनि विश्वव्यापी रुपमा दिगो मोबलिटी समाधान प्रदान गर्ने बीवाईडीको प्रतिबद्धतालाई उजागर गर्दछ ।

शोरुम उद्घाटनको अवसरमा नेसनल सेल्स हेड प्रकाश तुलाधरले आफ्नो उत्साह बाँड्दै भने , ललितपुरमा यो नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौं ।  यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवद्र्धन गर्न एक हबको रूपमा समेत कार्य गर्दछ ।’

आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने छ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend