logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

माउन्टेन ग्लोरी लिमिटेडकोे साधारण शेयर निष्काशन


  • जन आकाश
  • आइतबार, माघ १४ २०८०

काठमाडौं । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेनग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पासंचालन गरी आएको श्री माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००/-अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी श्री एल एस क्यािपटल लिमिटेड (LS Capital Ltd), नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।



साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा दलक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।

जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।

निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटलसंग अनुबन्धन गरे पश्चात पाँचतारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend