logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, माघ १४ २०८०

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।



कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दे शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो ।

तोकिएको बीमा शुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सि.आ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT (Million Dollar Round Table को लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी दिए ।

समारोहमा चर्चित कलाकार  मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो । सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend