logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पे प्रतिष्ठित“एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित


  • जन आकाश
  • मंगलबार, माघ १६ २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” प्रतिष्ठित  आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ ।



कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई पे  कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक सेवा , वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend