logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडको शेयर निष्काशन


  • जन आकाश
  • मंगलबार, माघ १६ २०८०

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यका साथ रु. १०० अंकित दरका १४,००,००० कित्ताले हुन आउने रकम रु.१४,००,००,०००/- (अक्षरुपी चौध करोड मात्र) बराबरको साधारण शेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी साधारण शेयर जारी गर्न लागेको छ ।



कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलल सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । उक्त कम्पनी प्लास्टिक जन्य सामग्री जस्तै सि.पि.भि.सि पि.भि.सिपाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु ,प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्त डस्टबिन, एयर टाइट जार, साबुनबार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर  (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादन मुलक उद्योग हो ।

यसले CPVC/PVC  र फिटिङ्गसका लागि मुख्य तया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको विक्रि वितरण गर्द आएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend