जन आकाश
काठमाडौं– कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने प्रति शेयर अङ्कित मूल्य रु. १०० का दरले कुल ने.रु. ४९,००,००,००० बराबरको ४९,००,००० थान साधारण शेयर मध्ये ३४,९०,००,००० बराबरको ३४,९०,००० थान साधारण शेयरको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।
माघ १८ गते बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
कालंगा हाईड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विकास ढकाल, कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक श्री तिर्थराज चटौतले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend