logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न


  • जन आकाश
  • सोमबार, माघ २२ २०८०

काठमाडौं । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानीमहल भ्रमण गराएको छ ।



कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट उत्कृष्टव्य वसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जनाभन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियोे ।

उपप्रमुख कार्यकारी अधिकृत स्मृती राजकँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्र्तक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पू¥याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend