logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका के.सी


  • जन आकाश
  • मंगलबार, माघ २३ २०८०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको मिति २०८० माघ २२ गते सम्पन्न सञ्चालक समितिको ७८ औं बैठकको निर्णय बमोजिम कम्पनीको सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक रिक्त रहेको सन्दर्भमा, कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम धापाखेल, ललितपुर जन्म भई हाल सुर्यविनायक, भक्तपुर निवासी  सुगरिका के.सी. लाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरेको छ ।



कृषिमा आधारीत अर्थतन्त्र भएको नेपालमा सर्वसाधारणको तर्फबाट संचालकमा के.सी.को नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्र प्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीले अपेक्षा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend