logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कालंगा हाइड्रो लिमिटेडकोे साधारण शेयर प्रत्याभुति सम्झौता


  • जन आकाश
  • बुधबार, माघ २४ २०८०

काठमाडौं । बझाङ स्थीत १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडकोे कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १००/- का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्नका लागि रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (LS Capital Ltd) बाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुति कर्ता नियुक्त गरिएको छ ।



कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपूर स्थीत रजिष्र्टड कार्यालयमा साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक  तिर्थ राज चटौत तथा प्रत्याभुति कर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरियो ।

जारी पूँजी रु.१ अर्व ४० करोड रहेको कालंगा हाइड्रो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगा गाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ ।

निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend