logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

झ्यामोलोङ्गमा हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्दै


  • जन आकाश
  • बिहिबार, माघ २५ २०८०

काठमाडौं । माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००/- अकिंत दरकोसाधारण शेयर ५१,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न एल एस क्यािपटल लिमिटेड (LS Capital),   नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।



साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट कार्यकारी संचालक  सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत  बिजय लाल श्रेष्ठका बीच कम्पनीको करर्पाेरेट कार्यालय कुपन्डोल, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।

जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्रविद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend