logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आतिफ असलमको कन्सर्ट : “खल्ती” एक्सक्लुसिभ टिकटिङ्ग पार्टनर


  • जन आकाश
  • शुक्रबार, माघ २६ २०८०

कामठमाडौं । ‘खल्ती’ ले आतिफ असलमको लाईभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ ।



तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सन् सँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज-आतिफ असलम को लाईभ शो मा खल्तीले बक्स अफिस देखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ ।

‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’- चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुन गई रहेको छ । खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरि आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन् ।

आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’मा आतिफ असलम को कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ ।

खल्तीले अहिले सम्म 5000+ इभेन्टर कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक उत्कृष्ट माध्यम बन्न सफल भएको छ । केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङ को जिम्मेवारी निकै नै सराहनीय ढङ्गले पूरा गरेको थियो । सो टिकटिङ व्यवस्था अनुसार १५०००ं दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए ।

खल्तीले सोही तवर र सहजताका साथ आतिफ असलम को कन्सर्ट रहेको यस म्युजिक फेस्टिभल को टिकटिङ व्यवस्था गरेको छ प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने कुरामा खल्ती बिश्वस्त छ ।

आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमग़ा-ए-इम्तियाज़’ बाट सम्मानित भएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend