logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

युनिग्लोब सेकेण्डरी स्कुल र सन सेक्युरिटिजबीच सम्झौता


  • जन आकाश
  • शुक्रबार, माघ २६ २०८०

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र १०+२ का क्षेत्रमा चिरपरिचित युनिग्लोब सेकेण्डरी स्कुल कमलादीबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ ।



सम्झौता २०८० माघ २६ शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । Sun Knowledge Partnership कार्यक्रम अन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी शेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ । यस सम्झौता अन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।

साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्नेछ ।  सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले हस्ताक्षर गरेका थिए । भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का अध्यक्ष कृष्ण गिरीले Sun Knowledge Partnership कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको शेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको रयस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend