logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रतिपक्षले निहुँ खोजि रहने हो भने शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुङ्गिँदैन :प्रधानमन्त्री


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुङ्ग्याउन आवश्यक रहेको बताएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षमा बस्नेले निहुँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुङ्गिने बताएका हुन् ।



उनले नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन उत्तिकै आवश्यक कडी बन्नुपर्ने बताए । उनले सहमतिमा टुङ्ग्याऔँ भन्ने कुरामा विमति नहुने तर सहमतिमा टुङ्गो लगाउन नसकिएको बताए ।

‘मान्य रमेश लेखक भने , अब शान्ति प्रक्रिया के हुन्छ र  हिजो शान्ति प्रक्रिया टुङ्ग्याउन कसले बाधा पुर्‍यायो जवाफ दिनुपर्छ भन्नुभएको छ । जवाफ तपाईंहरूलाई राम्रोसँग थाहा नै छ । जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्ने भए कहिल्यै टुङ्गिँदैन । तर नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन उत्तिकै आवश्यकता बन्नुपर्छ । यसलाई सहमतिमा टुङ्ग्याऔँ भन्ने कुरामा हाम्रो कहिल्यै विमति भएन, तर टुङ्गिँदा पनि टुङ्गिएन । अब नेपाली काँग्रेसले त्यही बाटो नलिओस् भन्ने मेरो चाहना हो । अब सहमतिले यसलाई टुङ्ग्याऔँ ।’

प्रधानमन्त्री दाहालले राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोशलाई परिवर्तन ल्याउन सरकारले विश्वासको मत दिन आवश्यक रहेको बताए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend