जन आकाश
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
त्यस्तै साढे १० बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भई आउनुभएका नयाँ सदस्यहरूको स्वागत कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend