logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार चैत्र ७ गते बन्द रहने


  • जन आकाश
  • सोमबार, चैत्र ५ २०८०

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।



केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ । केबलकारको नियमित सेवा २०८० चैत्र ८गते बिहिबार देखि पुनः सञ्चालनमा आउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend