logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सुनसरीबाट करिब १ सय ६३ किलो गाँजा बरामद


  • जन आकाश
  • बुधबार, चैत्र ७ २०८०

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।



विशेष सूचनाको आधारमा गए राति इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले नदीको किनारमा बेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend