जन आकाश
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो । जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला हुने लामिछानेको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend