logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन चैत ९ र १० गते हुने


  • जन आकाश
  • शुक्रबार, चैत्र ९ २०८०

काठमाडौँ । महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन चैत ९ गते शुक्रबारदेखि सुरु हुने भएको छ । ‘न्यायिक प्रणालीमा लैंगिक समानताको अभिवृद्धि : हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शुक्रबारदेखि सम्मेलन सुरु हुन लागेको हो ।



बिहीबार सर्वोच्च अदालतमा एक कार्यक्रमको आयोजना गरी सम्मेलनबारे जानकारी दिइएको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा कार्यरत ४३ महिला न्यायाधीशसहित पूर्वमहिला न्यायाधीशहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूको सहभागिता रहने छ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लका अनुसार महिला न्यायाधीशहरूका अनुभव तथा कार्यगत चुनौती, चुनौती व्यवस्थापनका बाटो र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।   राष्ट्रिय न्यायिक प्रतिष्ठानको आयोजनामा हुने सम्मेलनमा न्यायिक क्षेत्रमा सहकार्य, सशक्तीकरण र समान सहभागिताका सम्बन्धमा सम्मेलनमा वकालत हुने न्यायाधीश समाजका अध्यक्ष समेत रहेकी न्यायाधीश प्रधानले बताइन् ।

सम्मेलनले महिला न्यायाधीशहरूका विविध पाटोमा छलफल भई विचार र अनुभव आदानप्रदान गर्न न्याय सम्पादनमा समेत सहयोग पुग्ने न्यायाधीश मल्लले बताइन् । हाल देशभर ४३ महिना न्यायाधीशहरू कार्यरत छन् । उनीहरूमध्ये ३ जना उच्च अदालत, एक मुख्य न्यायाधीशसहित २२ जना उच्च अदालत र १८ जना जिल्ला अदालतमा कार्यरत छन् । प्रतिशतमा हेर्ने हो भने कुल न्यायाधीशको १० दशमलव ५३ प्रतिशत मात्रै महिला न्यायाधीश रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend