logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

संसद अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रियो


  • जन आकाश
  • आइतबार, जेष्ठ १३ २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिएको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ सङ्गठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।



गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानबिन हुनुपर्ने र पासपोर्टको विषय पनि छानबिनको दायरामा आउनुपर्ने माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend