logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध


  • जन आकाश
  • सोमबार, जेष्ठ १४ २०८१

गुल्मी । गुल्मीमा ढुंगासहितको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।



जिल्लाको कालीगण्डकी गाउँपालिका–६, बर्लवास्थित करिडोर सडकमा पहिरो ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए ।

सोमबार बिहान अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो ठूलो भएकोले सवारी साधन सुचारु हुन २र३ दिन लाग्न सक्ने अनुमान प्रहरीले गरेको छ । अवरुद्ध सडक खुलाउन भुर्तुङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खाम्चाको कमाण्डमा टोली खटिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend