logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने


  • जन आकाश
  • मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौँ । सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठनको सहमति म‌ंगलबार बस्ने संसद् बैठकले पारित गरेपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।



कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बस्ने प्रतिनिधिसभा बैठकपछि संसद् भवनको लोत्सेहलमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन्  । आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सहकारी ठगीमा संसदीय छानबिन समिति माग गर्नुका कारण र भएको सहमतिबारे प्रस्ट पार्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend