logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सुनको भन्सार वृद्धि विरोधमा व्यवसायीको प्रदर्शन


  • जन आकाश
  • आइतबार, जेष्ठ २० २०८१

काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।



सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ ।

भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भन्सार दर फिर्ता गर्नुपर्ने र सुन आयातमा लगाइँदै आएको दैनिक २० केजी कोटाको व्यवस्था खारेज गर्नुपर्ने बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend