logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गिरी बन्दुद्धारा निशुल्क स्वास्थ्य शिविर र शैक्षिक सामग्री वितरण


  • जन आकाश
  • मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं । हरिनन्द (पौडेल)  गिरी वंशावली समाजले निःशुल्क स्वास्थ्य जाँच शिविर, औषधि, झुल तथा शैक्षिक सामग्री वितरण गरेको छ ।



रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ९ पुराना गाँउमा रहेको वडा कार्यलयमा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो । स्वास्थ्य जाँच शिविरका साथै शैक्षिक सामग्री पनि वितरण गरेको स्थानीय युवा तथा संस्थाका सचिव राजीव गिरीले बताए ।

उनले भने, ‘गाउँम भएका सर्वसाधरण मानिसहरु, बृद्धबृद्धाहरु, बालबालिकाहरुमा कुनै रोग भएमा त्यसको बारेमा जनचेतना जगाउन आवश्य थियो । त्यसको लागि समुदायमा आएर निः शुल्क शिविर सञ्चालन गरी स्वास्थ्य परिक्षण गराएका छौँ ।’

१८ र १९ गते जेठमा दुई दिनसम्म स्वास्थ्य शिविरमा ७ सय जनाभन्दा बढीले स्वास्थ्य जाँच गराउनुका साथै औषधि पनि वितरण गरेका थिए । वडाका स्थानीय बासिन्दाहरुले शिविरबाट स्वाथ्य जाँच गराउन पाउदा र झुल पनि पाउदा खुशि व्यक्त गरेका थिए ।

गर्मी बढेसँगै लामखुट्टे लाग्ने भएकाले एक हजार थान झुल समेत वितरण गरेको गिरीले बताए । उनले भने,‘झुलका साथै संस्थाले ३ सय ३० जना छात्रछात्रालाई शैक्षिक सामग्री र सातु पनि वितरण गरेका छौँ ।’

ब्रस मन्जन एक हजार पीस वितरण गरेको छ । २६ जना डाक्टर र स्वास्थ्यकर्मी शान्ति सेवा गृह गौशाला र साइनिङ नेपाल फाउण्डेसन नेपालले सहयोग गरेको थियो । आफ्नै घरआँगनमा डाक्टर र स्वाथ्यकर्मिबाट स्वाथ्य जाँच गर्न पाउँदा स्थानीयको मुहारमा खुशि देख्दा आफूलाई पनि यस्तो काम सधैभरी गर्ने प्रेणा मिलेको गिरीले बताए ।

 

उनले भने,‘गाउँका बासिन्दाहरु र विद्यार्थी भाइबहिनीको मुहारमा जुन खुशि र आत्म सन्तुष्टि देखे त्यसले काम गर्न प्रेरित गरेको छ । समाजले सकेजति यस्ता समाज सेवाका कामहरु गदै जाने छ ।’ समाजमा खुशि बाड्न पाएकोमा आफूलाई प्रेरणा मिलेको र यस्ता काम गर्न हौसला मिलेको गिरीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend