जन आकाश
काठमाडौं । प्रभु बैंक लिमिटेड र USAID Trade & Competitiveness बिच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal” नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा USAID Trade & Competitiveness का तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ले हस्ताक्षर गरेकाछन् ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend