logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल एसबिआई बैंक र FonePay बीच सम्झौता


  • जन आकाश
  • बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र Fone Pay प्रा. लि बीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ ।



नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब (UPI) आबद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले  (Person-to-Merchant (P2M) भुक्तानी च्यानल सञ्चालन गर्न FonePay प्रा. लि सँग सम्झौता गरेको हो । नेपाल एसबिआईको (FonePay) नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै (UPI) भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन् ।

यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र FonePay प्रा. लि तर्फबाट प्रमुख कार्यकारी अधिकृत  दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत  यादवेंद कांत, प्रमूख प्रविधि अधिकृत,  सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र  FonePay प्रा. लि का प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend