logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

काठमाडौँ विश्वविद्यालयमा नेविसंघको रिले अनसन


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २५ २०८१

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ विश्वविद्यालयमा रिले अनसन गर्दै आएको छ। विश्वविद्यालयमा अनियमितता तथा अमर्यादित कार्य भइरहेको भन्दै नेविसंघले त्यसका विरुद्धमा रिले अनसन थालेको हो।



लामो समयदेखि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएको छ।

लामो समय सम्मको छलफल र सहमतिको बाबजुद समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालयका सम्वेदनशील अङ्गहरू चलेको हुनाले रिले अनसन सुरु गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश थापाले जानकारी दिए।

विश्वविद्यालय तथा विद्यार्थीहरूको हितका लागी विभिन्न समस्या तथा मुद्दाहरू लिएर प्रशासन समक्ष उपस्थित हुँदा समेत बेवास्ता गरेको उनको भनाइ छ। नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कँडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा, नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरूले अनसन थालेका हुन्।

अनसनको नेतृत्व सचिव ढुङ्गेल र स्कुल अफ इन्जिनियरिङका अध्यक्ष भट्टराईले गरिरहेका छन्। समस्याको समाधान नगरिएसम्म रिले अनसनको अन्त्य नहुने संयोजक नोएल भट्टराईले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend