logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच सम्झौता


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २५ २०८१

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।



उक्त सम्झौता अनुसार ल्याब परिक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले संचालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहँको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिनेछ ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली.का तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ । उक्त समारोहमा प्रभु बैंक लि.सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, शुशिल थापा लगायतको उपस्थिती रहेको थियो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ          द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend