logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडी आगजनी


  • जन आकाश
  • आइतबार, जेष्ठ २७ २०८१

काठमाडौं । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्।



आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका हुन्। मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो। निजी स्कुलहरुले मनपरि शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरी भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend