जन आकाश
काठमाडौं । नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ ।
नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योब अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो ।
डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद्र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले गरेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य, मटेरियल रिकभरी फेसिलिटीको अनावरण र एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वन मन्त्री माननीय नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिए ।
कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस पहलबा भने, “वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।”
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरहरुको सहभागिता रहेको उक्त छलफलको उद्धघोसक टफ टकका आयोजक दिलभूषण पाठकले गरेका थिए ।
यस सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरुको बारेमा छलफल गरिएको थियो । उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो ।
साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो ।
वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले भन्नुभयो, “यो सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको छ । साथैमा यस सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको छ ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend