logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई २४ औ वर्षमा : “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ २४ औँ वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • शुक्रबार, असार १ २०८१

काठमाडौं । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको आइएमई स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको छ ।



आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले  बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गर्यो । “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका  सह -सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको  स्मरण गर्दै   राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान  गर्न पुर्‍याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताए ।

रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा  सीमित नरही  नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि  प्रबन्ध निर्देशक  ढकालले उल्लेख गरे ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend