logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कप सम्मपन्न


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

काठमाडौं । पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कपक एट बल पुल प्रतियोगिता ललितपुरमा सम्मपन्न भएको छ ।



संस्थाका अध्यक्ष मोदनाथ सिँखडाले आयोजना भएको सो प्रतियोगितामा फुरी सेर्पाले जित हात पारेका छन । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जजनले उद्घाटन गरेको सो प्रतियोगितामा करिब सयजना भन्दा बढी स्थानिय खेलाडिहरुले भाग लिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले यस प्रकारका खेलले युवाहरुलाई थप खेल प्रति आकर्षित हुन ठूलो मद्दत मिल्ने बताए ।साथै उनले ललितपुर महानगरपालिकाले यस पावर एट्टी वनले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुलाई आगामीदिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

त्यसैगरी प्रतियोगिता आयोजना गर्दै आएका मोदनाथ सिँमखडाले यस प्रतियोगिताले पुल खेल तथा खेलाडिलाई अगाडि बढन थप मद्दत गर्ने उद्देश्यले आफुले हरेक महिना यो प्रतियोगिता गर्ने बताएका छन । उनले भने अरुले प्रतियोगितामा नगद दिनुहुन्छ तर मैले कृषि क्षेत्रलाई अगाडी बढाउन विजेतालाई खसी पुरस्कार दिने गरेको छु ।

साथै यस प्रतियोगिताबाट सामाजिक कार्यको लागि समेत सहयोग गर्दै आएको छु । विजेता फुरी शेर्पाले नेपालमै दोश्रा पटक एट बल पुल प्रतियोगिता खशी जितेकोमा आफु निकै खुशी भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend