logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बैतडीमा ३ दिनदेखि बेपत्ता एक जना पुरूषको शव फेला


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

धनगढी। बैतडीमा ३ दिनदेखि बेपत्ता एक जना पुरूषको शव खोलामा भेटिएको छ ।



पाटन नगरपालिका-६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव पाटन-पञ्चेश्वर-मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले बताए ।

उनी असार १ गतेदेखि बेपत्ता भएका थिए । डीएसपी गिरीका अनुसार बिष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको हो । बिष्टको हत्या गरी खोलामा फालिएको आशंका गरिएको छ ।

बिष्टको हत्या आरोपमा पाटन नगरपालिका-६ कै भागरथी बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरेको छ । मृतकका परिवारले यसअघि नै बिष्टले बेपत्ता पारेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend