जन आकाश
जयराम बिडारी ।
काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र आय व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान अनुसार महालक्ष्मी नगरपालिकाले एक भव्य कार्यक्रमको आयोजना गरि १६औं नगरसभा सम्पन्न गरेको छ ।
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा प्रतिनिधि सभा सदस्य माननीय प्रेम महर्जनको प्रमुख आतिथ्यमा महालक्ष्मी नगरपालिकाका उप(प्रमुख लक्ष्मी महर्जन,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, १० वटै वडाका वडाध्यक्ष, नगरपालिका सदस्यहरु तथा सम्पूर्ण वडा सदस्यहरुको समुपस्थितिमा असार ७ गते इमाडोस स्थित स्टार बेंक्वेटमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठ तथा बागमती प्रदेशका सभा सदस्य माननीय रामकृष्ण चित्रकार भने कार्य व्यस्तताका कारण उपस्थित भएनन् ।
राष्ट्रिय गान तथा नगर गान गाएर शुभारम्भ गरिएको उक्त कार्यक्रममा वीर सहिदहरमको सम्मानना एक मिनेट मौन धारण गरिएको थियो भने ललितपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा १६ औं नगरसभामा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पैडेलद्वारा आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम,आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ निर्णयार्थ प्रस्तुत गरिएको थियो । सो अवसरमा नगर प्रमुख हरिगोविन्द श्रेष्ठद्वारा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
महालक्ष्मीको नगरपालिकाको ‘’ नगरको विकास पूर्वाधारको आधार’’ मूल नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रेष्ठले नगरपालिकाको पूर्वाधार विकास, आर्थिक विकास सहकारी तर्फ ,पशु विकास , श्रम तथा रोजगारी, कृषि विकास , पर्यटन र उद्योग विकासमाा जोड दिएका छन् भने, सामाजिक ,महिला विकास स्वास्थ्य सेवा वन वातावरण तथा विपद व्यवस्थापन, संस्थागत सुशासन जस्ता मनग्ये कार्यक्रमहरु प्रस्तुत गरे । उनले आफ्नै प्रशासकीय भवन निर्माण कार्य ,नगर भित्रको प्रत्येक वडा जोड्ने सडक निर्माण गर्ने उपर्युक्त स्थानको खोजी गरी जेष्ठ नागरिक पार्क निर्माण, ढुङ्गिन मानेदेभान सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न पहल गर्ने लगायतका थुप्रै महत्वाकांक्षी योजना अघि सारेका छन् ।
सो अवसरमा उप(प्रमुख लक्ष्मी महर्जनद्वारा २,११,५०, ०६,०००र- दुई अर्व ११ करोड पचास लाख छ हजारको बजेट सार्वजनिक गरिएको थियो । बजेटमा चालु खर्चतर्फ ७६,६१,०८, ०००र-छयहत्तर करोड एकसठ्टी लाख आठ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ एक अर्व ३४ करोड ३८ लाख ९८ हजार विनियोजन गरिएको छ । कूल विनियोजित रकममध्ये आन्तरिक आय,राजश्व बाँडफाँड गरी क्रमश १८ करोड र ३९ करोड ९५ लाख नेपाल सरकारबाट बित्तिय समानीकरण हस्तान्तरण १८ कपोड ७३ लाख सशर्त अनुदानर पूँजीगत २८ करोड ६८ लाख १५ हजार, समपुरक अनुदान र पूँजीगत १ करोड र विशेष अनुदान १ करोड ५० लाख रहेको जनाइएको छ ।
यसैगरि बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड ९० लाख ७३ हजार सशर्त अनुदान ३ करोड ७ लाख ८३ हजार रहेको साथै विशेष अनुदान र समपुरक अनुदान क्रमशः ६५ लाख र ३ करोड रहेको जनाइएको छ । बिनियोजित बजेट लाई आर्थिक विकासतर्फ २ करोड ६२ लाख, सामाजिक विकासतर्फ ४९ करोड २७ लाख ,पूर्वाधार विकासतर्फ १ अर्व ८ करोड ३० लाख, सुशासन तथा अन्तरसम्बन्धित शेत्र तर्फ १ करोड १३ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च ४९ करोड १७ लाख १९ हजारको व्यवस्था मिलाइएको जनाइएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रेम महर्जनले महालक्ष्मी नगरले अघि सारेका शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरकारुपमा विकास गर्ने लक्ष्य को खुलेर प्रशंसा गर्दै कार्यक्रमले समग्र महालक्ष्मीको विकाशमा प्रमुख भूमिका खेल्ने बताउदै शुभकामना ब्यक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend