logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

निशुल्क स्वास्थ्य र शिक्षाको घोषण गर्दै हेलम्बु गाउँ पालिकाले ल्यायो ५३ करोड ७४ लाखको बजेट


  • जन आकाश
  • मंगलबार, असार १२ २०८१

काठमाडौं । हेलम्बु, सिन्धुपाल्चोक गाउँ पालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि ५३ करोड ७४ लाखको बजेट प्रस्तुत गरेको छ ।



चालु खर्च ८ करोड ९१ लाख रहेको छ । स्वास्थ्यमा २ करोड ७२ लाख, गाउँपालिका योजना ७ करोड ७१ लाख, कृषिमा १ करोड १० लाख, संघीय शर्शत अनुदान १९ करोड ६ लाख, संघीय विशेष अनुदान १ करोड २५ लाख, प्रदेश सर्शत अनुदान २ करोड ३० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरक २ करोड, वडा कार्यालय व्यवस्थापन खर्च २१ लाख र पशुमा ५३ लाख ५० हजार खर्च गर्ने गरी बजेट गाउँसभामा पस्तुत गर्नुभएको थियो । यस वर्षको नीति तथा कार्यक्रममा शिक्षा र पर्यटनमा गाउँपालिकाले प्राथमिकता दिएको छ ।

शिक्षातर्फ गाऊँपालिकाले ४ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । हेलम्बु गाउँपालिकाको शिक्षालाई गुणस्तरिय तथा निःशुल्क बनाइने लक्ष्य लिएको छ । पालिकाले पर्यटकीय स्थलहरुको विकास र प्रचार गर्ने भएको छ । जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

पेपरलेस गभरमेन्टरई–गभरमेन्सको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको छ । मासु तथा दुधमा आत्मनिर्भर पालिका बनाई निकासी गर्ने लक्ष्य लिएको छ । सबै नागरिकलाई स्वास्थ्य सेवामा सरल पहुँच बनाउनुका साथै स्वास्थ्य उपचारलाई निशुल्क बनाउने नीति ल्याएको छ ।

हेलम्बु गाउँपालिकाभित्रका मुल सडकहरु मध्य बाह महिना यातायात सञ्चालन गर्न बाँकी रहेको सडकहरुमा यातायात सञ्चालनको व्यवस्था गर्ने भएको छ । स्थानीय स्तरमै रोजगारी सृजना गर्नका लागि सिपमुलक तालिम प्रदान गरि स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

साहसिक तथा हाई अल्टिट्युड खेल केन्द्र निर्माण गर्ने लक्ष्य रहेको छ । स्वास्थ्य उपचारतर्फ कुनैपनि जटिल रोग लागेका हेलम्बुका स्थानीयबासीका लागि प्रतिव्यक्ति ५ लाख स्वास्थ्य उपचार खर्च दिने व्यवस्थाका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

विगमाझैं दिर्घ रोगीहरुका लागि निःशुल्क औषधी उपलब्ध गराउन १ करोड बजेट विनियोजन गरेको छ । निःशुल्क एम्वुलेन्स सेवा तथा प्रसुती पोषण खर्चमा संघीय सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई ३ हजार दिँदै आएको भएता पनि गाउँपालिकाले थप ३ हजार थप गरी ६ हजार प्रसुती पोषण खर्च पाउने छन् । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुका लागि ६ लाख बराबरको म्यादी स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरिने भएको छ ।

हेलम्बु ग्रेट ट्रेल निर्माणमा पूर्णता दिन प्रदेश, स्थानीय र संघ सरकारको संयुक्त लगानीमा निरन्तरता दिने भएको छ । शिक्षामा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने भएको छ । सिभिल इन्जिनियरिङतर्फ कक्षा ९–१२ सम्म अध्यापन हुँदै आएकोमा यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङमा पनि कक्षा ९ देखि १२ सम्म अध्धापन गर्ने व्यवस्था गर्ने भएको छ । मेलम्ची घ्याङ माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान संकायको पठनपाठनको व्यवस्था गरिने भएको छ । दिवा खाजा कार्यक्रम कक्षा १२ सम्मलाई गाउँपालिकाले प्रदान गर्ने भएको छ । निःशुल्क आवासिय छात्रवासको व्यवस्थालाई निरन्तरता दिने भएको छ । एकीकृत सिकाई केन्द्र तथा मेलम्ची भ्याली क्याम्पस सञ्चालनमा आवश्यक पर्ने पूर्वाधार र स्रोत व्यवस्था गरी गुणस्तरीय शिक्षामा जोड दिने भएको छ । आधारभूत तहको शैक्षिक सुधारको लागि स्वयमसेवक शिक्षकको व्यवस्था पालिकाले गर्नेछ ।

पालिकामा १५ शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एकल पुरुष भत्ता कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सरकारी भवन र सामुदायिक विद्यालयको जग्गाहरुमा चिया खेती गर्न जोड दिने भएको छ । योग ध्यान केन्द्रहरु निर्माण गर्ने भएको छ र साथै क्रिस्चियनहरुका लागि दाह संस्कारका लागि उपयुक्त स्थानको व्यवस्था गर्ने भएको छ ।

संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि मासिक शुल्क र खाजाको व्यवस्था पालिकाले गरिदिने भएको छ । विद्यालयले अभिभावकसँग कुनै पनि नाममा शुल्क लिन नपाउने व्यवस्था यसै वर्षदेखि गर्ने भएको छ । जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकहरुले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गर्नुपर्ने नीति ल्याएको छ ।

हेलम्बुमा जन्मेका प्रत्येक दलित छात्राले स्नातक तह उत्तीण गरेमा १ लाख नगद पाउने भएका छन् । गाउँपालिकाले सेफ हाउसको निर्माण गर्ने भएको छ । जैविक विविधताको संरक्षणको लागि हेलम्बु गाउँपालिकाले विभिन्न किसिमका रैथाने वालीहरुको संरक्षणका गर्नका साथै कृषकहरुलाई उत्प्रेरित गरी सामुदायिक बिउ बैंक स्थापना गर्ने कार्य यसै आर्थिक वर्षवाट संचालन गरिने भएको छ ।

हेलम्बु गाउँपालिका भौगोलिक तथा मौसमी विविधताले भरिपुर्ण रहेको छ। स्थानीय रुपमा बढी उत्पादन हुने कृषि उपज र उत्पादन गर्ने सकिने कृषि उत्पादनको संभावनाको आधारमा आगामी आर्थिक वर्षमा ‘एक बडा, एक उत्पादन’ कार्यक्रमलाई आगाडी बढाउने भएको छ ।

पर्यटकीय क्षेत्र हेलम्बु घुम्न आउने पर्यटकहरुको लागि यस गाउँपालिकाको चिनारी दिने स्थानीय सामाग्रीहरुको उत्पादन तथा विक्री वितरणको लागि हेलम्बु गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरी कोसेली घरको स्थापना तथा संचालन गरिने भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend