logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार


  • जन आकाश
  • बुधबार, असार १३ २०८१

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।



काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न.१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ । हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend