logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित


  • जन आकाश
  • आइतबार, असार १७ २०८१

काठमाडौ । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक न्याय , शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।



स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्धन्द्ध , लैगिक समानता र मानब अधिकार जस्ता बिषयमा अन्तरराष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्धन्द्ध न्यूनीकरण , शान्ति र समृद्धिका लागि तीन दशक अगाडि देखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरुको अन्तराराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको छ ।

५१ हजार राशी सहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले एक समारोहकाबीच बरिष्ठ पत्रकार पन्तलाई सम्मान गर्नुभएको हो । त्यसैगरी भैरव रिसाल , तिलक तिवारी , बिद्या राई , स्वस्तिक श्रेष्ठ, रामु सापकोटा , बसन्त प्रताप सिंह ,अमर सुनार रोटरी इण्टरनृशनल अवार्डवाट सम्मानित भएकाछन् ।

पुरस्कार ग्रहण गर्देैै बरिष्ठ पत्रकार टंक पन्तले आफूसंगै कलेज पढ्नेहरु लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौति र समाजका अनुकरणीय पक्षलाई उजागर गर्ने उद्धेश्यले पत्रकारिता प्रारंभ गरेको र पत्रकारिता मार्फत आफूले उदाहरणीय पक्ष औल्याएको बताए ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले शान्ति समृद्धि, समाजसेवा र बिभिन्न क्षेत्रमा रोटरीले पु¥याएको योगदान अबिश्मरणीय मात्र होइन आफैले समय , बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको जानकारी गराउदै राज्यको चौथो अंगको रुपमा पत्रकािरता क्षेत्रसंग एक साथ जानुपर्छ भन्ने उद्धेश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरै मध्येवाट उत्कृष्ठ काम गर्ने पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गर्ने गरेको जानकारी गराएकाछन् ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक अवार्ड कमिटीका संयोजक नम्रता शर्माले रोटरी आफैमा सामाजिक क्षेत्रसंगै वाताबरण  , शान्ति , समृद्धि , वातावरण एवं धेरै क्षेत्रमा भुमिका निर्बाह गरेको बताउदै रोटरी र पत्रकारिता एक साथ जानका लागि प्रत्येक बर्ष पत्रकारिता क्षेत्रका मुर्धन्य तर साच्चिकै क्रियाशील ब्याक्तित्वहरुलाई सम्मान गर्ने गरेको स्पष्ट पार्नुभएको छ । उहांले आफैले लगानी गरेर समाजसेवा गर्नु सामान्य कुरा नभएको भन्दै आगामी दिनमा पनि रोटरी मार्फत धेरै गर्न सकिने उल्लेख गरे ।

रोटरी इण्टरनेशलन डिष्ट्रिक अवार्ड कार्यक्रममा डिष्ट्रिक सचिब डा दिनेश मानन्धर , सचिब दुर्गा सुवेदी , सुरेश आचार्यले पनि रोटरी, समाजसेवा र पत्रकारिताको संवन्धका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रोटरी क्लब अफ काठामाडौ डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, सचिव शम्भु उप्रेती पनि सम्मानित हुनुभएको थियो । त्यसैगरी यो बर्ष महत्वपुर्ण भुमिका निर्बाह गरेका अन्य क्लवहरुलाई सम्मान गरिएको थियो । यो बर्षका डिष्ट्रिक गभर्नर रोन्द्र ध्वजूको कार्यकाल उत्कृष्ठ र अनुकरणीय भएको भन्दै पुर्व रोटरीका पुर्व अग्रजहरुले मुक्त कण्ठले प्रशंसा गरका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend