logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त


  • जन आकाश
  • सोमबार, असार १८ २०८१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।



बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६-६ महिनाको अवधिमा हुनेछ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेको कुरा बिज्ञप्तीमा जनाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend