logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने


  • जन आकाश
  • बिहिबार, असार २१ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । सो पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् ।



सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ । सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend