logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संसदमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


  • जन आकाश
  • आइतबार, असार २४ २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।



उनले भने–‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।

उनले भने–‘लोकतन्त्र संविधान र कानुन अनुसार मात्र चल्दैन । फेरी उहाँले त कानुन नै उल्लङ्घन गर्नुभएको छ । गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो । नेपालको ऐन अनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend